प्रदेश १ मा आइतबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१७ जनामा कोभिड पुष्टि भएको हो ।
९ सय ७८ जनाको पीसीआर परीक्षणगर्दा १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमण विराटनगरमा पनि उच्च दरमा बढेको छ । मन्त्रालयका अनुसार आइतबार विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जनामा कोरोना पुष्टि भएको हो ।
सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २ जनामा कोरोना देखिएको छ ।
त्यसैगरी सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, बर्जु र गढीमा १–१, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १ जना संक्रमित भएका छन् ।
तेह्रथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको छ ।
प्रदेश र केन्द्रको तथ्यांक भने मेल खाँदैन । यो समस्या सुरुवातदेखि नै देखिएको छ । प्रदेशले वितेको २४ घन्टामा ४१७ संक्रमित बताइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा भने प्रदेश १ मा ४३७ जनामा संक्रमण पाइएको जनाएको छ ।