कोरोना भाइरस संक्रमणमा नेपालमा नयाँ रेकर्ड कायम भएको छ । नेपालमा कोरोना भाइरस संक्रमण देखा परेयता आज भेटिएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार १४७ पिसिआर र ६२३ एन्टिजेन परिक्षण गर्दा क्रमश ७ हजार १३७ र ७४ गरी कूल ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा भाइरसको संक्रमण देखिएको छ । आज भक्तपुरमा ३०१ ललितपुरमा ५५० र काठमाडौं जिल्लामा २ हजार ७४४ जनामा भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । तीमध्ये ४५ हजार १८१ जना होम आइशोलेसनमा छन भने ३ हजार ५३० जना संस्थागत आइशोलेसनमा रहेका छन् ।
आज थप २७ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३२५ पुगेको छ । वितेको २४ घन्टामा १ हजार ६१२ जनाले संक्रमणमुक्त भएसँगै भाइरसमुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ ।