वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा झन्डै ३ हजार संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं जिल्लामा २ हजार ४०४ भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी कूल २ हजार ९५६ जनामा भाइरसको संक्रमण देखिएको छ ।
देशभर ५ हजार ७ सय बढीमा संक्रमण
बितेको २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५२५ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमस ५ हजार ६५७ र ७० गरी कूल ५ हजार ७२७ जनामा कोरोना संक्रमण देखिएको हो ।