बितेको २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५२५ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमस ५ हजार ६५७ र ७० गरी कूल ५ हजार ७२७ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित देशभर कूल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ जसमध्ये २ लाख ८१ हजार ९५ जना भाइरसमुक्त भएका छन् ।
यस्तै ३३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।