नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट ३५ जनाको निधन भएको छ ।
२०७६ साल माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका थिए । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो।
२०७७ साल कात्तिक १७ गते नेपालमा कोरोनाभाइरसबाट ४३ जनाको ज्यान गुमेको थियो भने मंसिर १५ गते ४२ जनाको ज्यान गएको थियो ।
आजको मृत्युपछि लामो समयपछिको उच्च हो । यसअगाडी बैशाख १२ गते आइतबार नेपालमा २८ जनाको कोरोनाबाट निधन भएको थियो ।
*सच्चाइएको : वल्डमिटरको तथ्यांक हेर्दा कात्तिक १७ गते नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको र मंसिर १५ गते ४२ जनाको निधन भएको आधारमा यो समाचार प्रकाशित भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ वेव पोर्टलमा राखिएको स्थिति प्रतिवेदनका आधारमा उक्त दिनहरुमा मृतकको संख्या त्यति नदेखिएको हुनाले यसलाई सच्चाइएको जानकारी गराइन्छ ।