नेपालमा वितेको २४ घन्टामा कोरोनाबाट ३५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर १२ हजार ५९७ पिसिआर र ९६३ एन्टिजेन परीक्षण गर्दा क्रमस ४ हजार ८३१ र ९७ गरी कूल ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसहित कूल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ जसमध्ये २ लाख ८० हजार १६७ जना भाइरसमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ ।