कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाकी ८७ बर्षीया महिलाको होम आईसोलेशनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले केटिएम दैनिकलाई बताए ।
आज बिहान सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन भएको थियो । सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी भएपछि कैलाली जिल्लामा वैशाख १६ गते (आज) बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म जिल्लाभरी निषेधाज्ञा जारी भएको छ ।