हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो ।
८० वर्षीय उनको आज बिहान ९ : १५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।
चितवनमा दोस्रो लहरको कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि संक्रमणको चेन ब्रेक गर्नको लागि चितवन जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।