सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ ।
संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरूषको मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
उनका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो ।
सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी भएपछि कैलाली जिल्लामा वैशाख १६ गते (आज) बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म जिल्लाभरी निषेधाज्ञा जारी भएको छ ।