बलिउडका सुपरहिट कलाकार किशोर नान्दलस्करको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको मृत्युको खबर किशोरका नाति अनिषले सार्वजनिक गरेकाे हुन् । किशोरलाई गत बुधबार कोरोना कारण ठानेको कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही मृत्यु भएको अनिषले बताएका छन् ।
अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो । किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।