बलिउड अभिनेता कार्तिक आर्यनलाई फिल्म ‘दोस्ताना–२’ बाट निकालिएसँगै बलिउडमा फेरी एक पटक नेपोटिज्मको विषय चर्चामा आएको छ ।
करण जोहरको धर्मा प्रोडक्शन्सको ब्यानरमा निमार्ण भइरहेको फिल्म ‘दोस्ताना–२’ का कार्तिक आर्यन काम गरिहेका थिए । तर ब्यानरले गैर जिम्मेवार तथा स्क्रिप्ट परिवर्तन गरेको आराेपमा फिल्मबाट निकालिदिएको छ ।
कार्तिकले यस फिल्मको २० दिनको छायांकन सकेका थिए । यसरी अचानक कार्तिक आर्यनलाई फिल्मबाट निकालेको विषयमा करणप्रति कार्तिकका फ्यान भड्नेका छन् ।
अन्य दर्शकको साथमा बलिउड अभिनेत्री कंगना रनावटले पनि फ्यानहरुकै साथ दिएकी छन् । कंगनाले एक रि–ट्वीट मार्फत कार्तिक आर्यनलाई एक्लै छोड्न आग्रह गरेकी छिन् ।
साथमा सुशान्तसिंह राजपुतलाई झै आत्मह त्या गर्न बाध्य नपार्न सुझव दिएकी छन् ।
कंगनाले लेखेकी छन्–कार्तिक आफ्नै बलमा यहाँसम्म पुगेको हो । उनी अगाडी पनि यसरी नै बढ्नेछन् । पापा (करण जोहर तथा नेपो ग्याङ) सँग यति मात्र आग्रह छ उनलाई एक्लै छोडिदिनुहोस् सुशान्तलाई झै आत्मह त्या गर्न बाध्य नपारियोस् ।’
कंगनाले सुशान्तसिंह राजपुतको निधनपछि नेपोटिज्मको बारेमा खुलेर विरोध जनाउदै आएकी छन् ।