उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । उनीहरुका शव शुक्रबार बिहान १०:३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।
बिहीबार बिहान ३:५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र ८ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।