नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री झरना थापाको आज जन्मदिन परेको छ ।
आज उनले आफ्नो ४१ औं जन्मदिन मनाउदैछिन् । प्युठान जिल्लामा जन्मिएकी थापा ‘धर्मसंकट’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी हुन् ।
धर्मसंकटको लुकीछिपी लुकिछिपी हेर्नेले बोलको गीतमा गरेको नृन्यबाट झरना दर्शकमाझ नोटिस भएकी थिइन् ।
उनका मुगलान, हामी तीन भाई, म तिमिबिना मरिहाल्छु, तक्दीर, ए मेरो हजुर, सुखदुख, लगायतका फिल्म दर्शकमाझ चर्चित फिल्म हुन् । २ दशक भन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय झरना पछिल्लो समय निर्देशन समेत गर्न थालेकी छन् ।
उमेर ढल्कदै गएपछि अक्सर हिरोइनहरु निर्माणमा होमिन्छन् भन्ने एक चर्चा नेपाली सिनेक्षेत्रमा चल्दै आइरहेको छ । निर्देशनको कमाण्ड सम्हाल्ने साहसचाहिँ ज्यादै थोरै हिरोइनमा मात्र हुन्छ । त्यस्तै आँट देखाएकी छन् झरना थापाले ।
उनले ए मेरो हजुरको सिक्वेल पहिलोपटक निर्देशन गरेकी थिइन् । केहि वर्ष अघि प्रदर्शनमा आएको सो फिल्मबाट उनले निर्देशनमा सफलता हात पारिन् । त्यस पश्चात् उनले ए मेरो हजुरकै तेस्रो सिक्वेलमा आफ्नै छोरी सुहाना थापालाई सिने जगतमा हिरोनिको रुपमा डेब्यु गराउदै निर्देशन गरिन भने यतिबेला ‘ए मेरो हजुर ४’ को जोडतोडले सुटिङ्ग भैरहेको छ ।
यस्तै उनले छोरी सुहाना थापाले सामाजिक सञ्जालमा विभिन्न फोटोहरु शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् । उनले जन्मदिनको शुभकामना मेरी आमा, धेरै धेरै माया भनेर लेखेकी छिन् ।
नोट : विकिपिडिया झरना थापाको जन्मदिन पर्सि अर्थात मार्च २८ गते भनेर लेखिएको भएतापनि छोरी सुहाना थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नी आमा (झरना थापा) को जन्मदिनको शुभकामना आजै दिएको हुनाले थापाको जन्मदिन मार्च २६ लाई नै आधार मानेर यो समाचार तयार गरिएको हो ।