करिना कपुर खान छोटे नवाब अर्थात् सेफ अलि खानसँग आफ्नो जीवन खुसीका साथ बिताइरहेकी छिन् । हुन पनि सेफले उनलाई कुनै पनि कुरामा कमी हुन दिएका छैनन् । उनीहरू २ सन्तानका साथ आफ्नो भविष्यलाई उज्ज्वल बनाउन लागिपरेका छन् । करिना आफ्नो बच्चा र परिवारको सुरक्षामा सदैव सचेत रहने गरेको भारतीय सञ्चार माध्यमहरूले बताउँदै आएका छन् ।
तर, एउटा यस्तो पल छ जुन सम्झँदा करिना आज पनि भावुक हुने गर्छिन् । उनले आफ्नो आमा बबिता कपुर र दिदी करिश्मा कपुरको आशु र सङ्घर्ष देखेकी छिन् जुन सम्झँदा उनी आज पनि भावुक हुने गरेकी छिन् ।
हुन पनि करिनाले आफ्नी दिदी करिश्मा उनको रोल मोडल रहेको बताउँदै आएकी छिन् । करिश्माले बलिउडमा प्रवेश गर्नको लागि गरेको सङ्घर्ष र उनको आमाको साथ करिनाले प्रत्यक्ष देखेको छिन् । त्यो समय कपुर परिवारको छोरीले फिल्मी दुनियाँमा कदम चाल्नुहुन्न भन्ने कडा नियम थियो ।
बलिउडका मसुर अभिनेत्री बिता कपुर र नितु कपुर पनि कपुर परिवारको बुहारी भएर आएपछि फिल्मी दुनियाँबाट टाढा भइसकेका थिए । यस्तो अवस्थामा करिश्मा कपुर बलिउडमा आउनु असम्भव नै थियो ।
करिनाले त्यो दिन सम्झँदै भनिन् , ‘मेरो दिदी र आमा रोएर नै रात बिताउने गर्थे, दिदी र आमाको फिल्म प्रतिको मोह देखेर मेरो बाल मस्तिष्कमा पनि नराम्रो छाप पर्न सुरु गरिसकेको थियो । उहाँहरूले मलाई छेउ पर्न दिनुहुन्न थियो तर पनि म लुकेर उहाँहरूलाई हेर्ने गर्थे, उहाँहरूको पीडामा मलहम लगाउने कोसिस गर्थे ।’