नेपाली लोकगीत सङ्गीतको बजारमा दिनैजसो नयाँ नयाँ लोकदोहोरी गीतहरू बजारमा आइरहेका छन्।
पछिल्लो समय काँठक्षेत्र का गीतहरू धेरै बजारमा आएका छन् र धेरै जस्तो गीतहरूले अत्यधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुङ्गाना को लोक दोहोरी कोसेली ‘शीतल दिने कर्के नजरमा’ बजारमा आएको छ ।
गीतको लोक लय शब्द सबिता ढुङ्गाना स्वयंको रहेको छ भने स्वर मा रामेश्वर भण्डारी र राज तिम्सिनाले साथ दिएका छन् । गीतको निर्माण मिलन फिल्मसले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईको छायाङ्कन रहेको गीतको सम्पादन रोशन धिताल ले गरेका छन् । भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुङ्गाना लगायतको अभिनय रहेको छ ।
नेपाली लोक दोहोरीमा आफ्नो पहिचान स्थापित गर्न यो गीतले केहि टेवा पुग्नेमा गायिका सबिता ढुङ्गाना आशावादी छिन् । गीत ‘डी ए आर मुभिज एन्ड फिल्म इ. प्रा.लि’को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको हो ।
भिडियाे हेर्नुहाेस ।