नायक रवि कार्कीले आफ्नै कथा, पटकथा र संवादमा ‘मेरो अदालत’ नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् ।
सत्य घटना र काल्पनिक कथावस्तुमा आधारित रहेर पिडामा परेकाहरूलाई न्याय दिलाउने उद्देश्यले उक्त सिरिज निमार्ण हुन लागेको हो । सोमबार कार्यक्रमको पोस्टर रिलिज गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरूसँग सम्बन्धित रहेर सिरिज अघि बढ्ने बताए ।
उनले भने, ‘यो सिरिजमा रहनेछ । यसले देशको अवस्था र पीडितलाई कसरी न्याय दिनुपर्छ भन्ने विषयवस्तुको उठान गर्नेछ ।’ यसको निर्देशन रमेश कुमार राईले गर्दै छन् भने निर्माताका रूपमा सूर्य जिसी, पर्वत राई र सह निर्माताका रूपमा मालती कार्की रहेका छन् ।
‘रि एण्ड की’को ब्यानरमा निर्माण हुने ‘मेरो अदालत’ ले सार्वजनिक गरेको पोस्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय मागेको देख्न सकिन्छ । सिरिजका कलाकारहरू भने केही दिनमै अडिसन लिएर छनोट गरिने बताइएको छ । यो सिरिजलाई राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रसारण गरिने उनको भनाई छ ।