कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उहाँको आज बिहान ३:४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो ।
ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका ओझाको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।
विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मेका भएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् । ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ ।