सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ ।
म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार बिहीबार फेसबुकलाई अस्थायी रूपमा बन्द गरेको मोबाइल अपरेटर टेलिनोर म्यानमारले बताएको छ ।
म्यानमारमा टेलिकम प्रदायकहरूलाई फेसबुक अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ ।
फेसबुकले आफ्नो राष्ट्रमा अस्थिरता ल्याएको भन्दै सरकारले बन्द गर्न लगाएको हो ।