नेपालमा पछिल्लो २४ घन्टामा १५९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको नमूना परिक्षण गर्दा ९८ पुरुष र ६१ महिला गरी कूल १५९ जनामा भाइरसको संक्रमण पाइएको हो ।
योसहित कूल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ जसमध्ये २ लाख ६६ हजार ६ सय भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २६४ जना भाइरसमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । अहिलेसम्म २ हजार २९ जनाले भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
हाल देशभर २ हजार ४८९ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४२ जनाको होम आइसोलेसनमा छन् भने १२८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।