कियारा आडवाणीले छोटो समयमा धेरै नै लोकप्रियता प्राप्त गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
उनले एक पछि अर्को गर्दै राम्रो राम्रो फिल्महरु पाउँदै गइरहेकी छिन् र आफुलाई सफल अभिनेत्रीको रुपमा उभ्याउन सफल भएकी छिन् ।
https://www.instagram.com/p/CKlJF8tHDdk/
सामाजिक सञ्जालमा उनलाई फलो गर्नेहरुको संख्या दिनानुदिन बढ्नुले पनि उनको लोकप्रियता चुलिदै गएको अनुमान गर्न सकिन्छ ।
इन्टाग्राममा उनको १ करोड ६० लाख फलोवर्स पुगिसकेका छन् । उनको नशालु हेराइले धेरैलाई मोहित पार्ने गरेकी छिन् ।
बुधवार उनले इन्टाग्राममा रातो सुटमा फोटो पोष्ट गरेकी छिन्, जहाँ उनले सर्ट लगाएकी छैनन् । उनको हेराइले मोहित बनाएको भन्दै फ्यानहरुले बिभिन्न थरीका कमेन्टहरु गरिरहेका छन् ।