बलिउड अभिनेता वरुण धवन आज (जनवरी २४) मा विवाह भइरहेको छ । हिन्दु संस्कृति अनुसार, वरुण र नताशाको विवाह अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा हुँदैछ।
उनले प्रेमिका नताशा दलालसँग विवाह गर्न लागेको हुन् । वरुणको विवाहको तयारी जोडतोडका साथ भइरहेको छ।
कोरोना भाइरसको जोखिमका कारण विवाह समारोह सामान्य हुनेछ। कोरोनाबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विवाह कार्यक्रम गर्न लागिएको हो।
परिवारका सदस्य र नजिकका साथीहरु मात्रै विवाहमा सहभागी हुनेछन्।
वरुण र नताशा लामो समयदेखि प्रेममा थिए। सन् २०२० मै उनीहरुको विवाह हुने बताइएको थियो। तर कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। उनको विहेमा को को सहभागी भए भनेर नखुलाइए पनि करण जोहर बिहेमा जादै गरेको देख्न सकिन्छ ।