काठमाडौं – गायिका मेलिना राई र गायक शिव सागर खड्काको स्वरमा ‘ट्राफिक जाम’ बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक भएको केहि समयमा नै गीतले चर्चा बटुल्न सफल भएको छ ।
बिग नेपाल फिल्म्सको युट्युबमार्फत सार्वजनिक भएको ‘ट्राफिक जाम’मा महेशबिक्रम पाण्डेले संगीत दिएका छन् । शब्द डीएन श्रेष्ठको रहेको छ ।
म्युजिक भिडिओमा नयाक आकाश श्रेष्ठ, उषा उप्रेती र डीएन श्रेष्ठको दमदार अभिनय रहेको छ ।