बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बन्दै छिन् ।
छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागेको उनीहरुले औपचारिक जानकारी दिइसकेका छन् ।
उनको गर्भावस्थाको फोटो र भिडियोहरु भाईरल भइरहेको छ ।
भारतीय मिडियाको अनुहार उनीहरु नयाँ सदस्यलाई घरमा भित्राउन घर सजावटमा विशेष ध्यान दिन थालेका छन् ।
उनीहरु अहिले अध्यारोमा मैनबत्ती बालेर बसेका फोटाहरु सार्वजनिक भएका छन् । उनीहरु हल्का अध्यारोमा बस्न रुचाउने हुनाले नयाँ सदस्यलाई पनि यसरी नै पालनपोषण गर्ने भन्दै उनीहरु तयारीमा जुटेको भारतीय मिडियाले बताएका छन् ।
सैफकी पहिलो श्रीमती अमृता सिंह थिइन् । अमृताका दुई सन्तान सारा अली खान र इब्राहिम अली खान रहेका छन् । सैफले हालै फेरी आफु बाबु बन्न लागेको जानकारी दिएका हुन् ।
उनले भनेका ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’ अभिनेत्री करीना फिल्म ‘लाल सिंह चड्ढा’मा आमिर खानसँग देखिदैछिन् ।