बलिउड अभिनेत्री कंगना रनौत प्रायजसो कुनै-कुनै कारण चर्चामा रहन्छिन् । कंगना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
उनले दैनिक जस्तो शब्दको वाण चलाउने गर्छिन् । केही अघिमात्र किसान आन्दोलनलाई लिएर गायक दिलजीत दोसांझ र प्रियंका चोपडामाथि निशाना बनाएकी थिइन् ।
बलिउड अभिनेत्री कंगना रनावत किसान आन्दोलनलाई लिएर ट्वीटरमार्फत धारणा राख्दै आएकी छन् । कंगनाले यो आन्दोलनलाई सुरुवातदेखि नै गलत बताउँदै आएकी छन् ।
यतिमात्र नभई उनले कैयौं पटक यो आन्दोलनलाई सहमति जनाउँदै आएका कलाकारहरु दिलजित दोसांझ र प्रियंका चोपडालाई समेत निशाना लगाइसकेकी छन् ।
यता किसानहरु कंगनाको यी बयानहरुलाई लिएर आक्रोशित भएका छन् । मिडिया रिपोर्ट अनुसार किसानहरुले कंगनाको फिल्मलाई पञ्जाबमा रिलिज हुन दिनेछैनन् । यसका साथै उनीहरुले कंगनालाई आफू चर्चामा आउन राजनीति गरेको आरोप समेत लगाएका छन् ।