काठमाडौं – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त भएको देखिएको छ ।
टिजरमा आयुषले हात उठाउदा सलमानले आफ्नो हातले रोकेका छन् । टिजरबाटै फिल्म दर्शकले रुचाउने अनुमान लगाइएको छ । यो समाचार तयार पार्दासम्म टिजरलाई ४ लाख बढीले हेरिसकेका छन् ।
महेश मान्जरेकरले निर्देशन गरेको यस फिल्ममा सलमान एक सिख पुलिसको भूमिकामा देखिदैछन् । आयुष भने ग्यांगस्टारको भूमिकामा देखिएका छन् ।