एजेन्सी-अभिनेत्री दीया मिर्जाले अब तेलुगु फिल्ममा डेब्यू गर्ने भएकी छन् । ‘रहना है तेरे दिल में, लगे रहो मुन्ना भाई, थप्पड र सञ्जू’ जस्ता फिल्ममा काम गरिसकेकी दियाले तेलुगु फिल्ममा अभिनेता नागार्जुनसँग काम गर्ने भएकी छन् ।
‘वाइल्ड डग’नाम फिल्ममा उनले नागार्जुनसँग काम गर्न लागेको भारतिय मिडियाले जनाएका छन् । यो फिल्मका लागि दीयाले केरलको प्राचिन मार्शल आर्ट कलरियापट्टूको प्रशिक्षण समेत लिइरहेको बताइएको छ ।
फिल्ममा नागार्जुनसँग काम गर्न पाएकोमा एकदमै खुशी लागेको यो आफ्ना लागी ठूलो उपलब्भी भएको बताएकी छन् । दीयाले भनेकी छन्, ‘म फिल्मको कुनै सिनमा बनावटी देख्न चाहन्न थिएँ, यसैले तालिम लिएँ । खासमा, फिल्ममा एक सिक्वेन्स छ, जसमा मैले एक्सन सिन गर्नुपर्ने थियो । मैले सोचे कि मात्र एक्सन सिनको अभिनय गर्नुभन्दा तालिम नै लिनु राम्रो हुन्छ, जसले गर्दा पर्दामा वास्तविक लाग्छ । ।’ उनी पछिल्लो पटक फिल्म ‘थप्पड’ मा देखिएकी थिइन् ।