बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष शाह टप ४ मा पुग्न सफल भएका छन् । फाइनल प्रतियोगिता भोलि बिहान हुँदैछ ।
‘बीबीसी मास्टर सेफ यूके–२०२०’ को फाइनल राउन्डमा चल्दै छ । बुधबार युकेको समयमा रातिको ९ बजे, उनी अन्य पाँच प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिडेका थिए । अन्य ६ जनाबाट २ जनालाई पछि पार्दै शीर्ष ४ मा परेका हुन । उनले यस पटक कोदोको खिर चखाउँदै उत्कृष्ट ४ मा परेका हुन् ।
“टप ६ जना भित्र पर्ने बेला सम्म त जित्छु जस्तो लागेको थिएन । तर अब चाहिँ जित्नै पर्छ भनेर लागेको छु,” बीबीसी मास्टर सेफ युकेमा नेपाली मात्र खाना पस्किएका शाह भन्छ्न्, “यो जित मेरो मात्र जित हुँदैन मैले जितेँ भने समग्र नेपाली खानाको जित हुन्छ ।”
बीबीसीले गर्ने उक्त प्रतियोगिताको प्रथम हुनेले यति नै पुरस्कार पाउने भनेर तोकिएको हुँदैन । उक्त प्रतियोगिता ‘बीबीसी मास्टर सेफ यूके’ टाइटलकै लागि मात्रै हुने गरेको छ । सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर (लोप भएको) आँपको ‘अमौरा’ बनाएका थिए ।
तस्विर साभार : बिबिसी