म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमाल ।
म्याग्दीको धवलागिरी गाउँपालिका १ स्थित गुर्जा हिमालको उचाई सात हजार १९३ मिटर रहेको छ ।
गुरील्ला पदमार्गअन्तर्गत म्याग्दीको धौलागिरि गाउँपालिका– २ मा पर्ने जलजलाबाट देखिएको चुरेन हिमाल । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस
म्याग्दीको धवलागिरी गाउँपालिका १ स्थित गुर्जा हिमालमा एक दशकपछि पहिलो पटक आरोहणका लागि गएको पर्वतारोहीहरूको टोली २०७५ असोज २७ गते दुर्घटनामा परेको थियो ।
सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि आधार शिविरमा पुगेका पाँच विदेशी र चार जना नेपाली हिम आँधी आएपछि दुर्घटनामा परेका थिए । दक्षिण कोरियाका किम चङ हङको नेतृत्वमा एक हप्ताअघि आरोहण टोली गुर्जाबाट आधार शिविरतर्फ गएको थियो।
विसं २०६५ मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि गुर्जाका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन्। अत्यन्त विकट र आरोहणका लागि पदमार्ग लगायत सुविधा नभएकाले गुर्जा हिमाल आरोहण यसअघि रोकिएको थियो।