भारतीय लोकप्रिय सुन्दरी नायिका करिना कपुर यतिबेला दोस्रो सन्तानको प्रतिक्षामा छिन् ।
सन् २०२१ को सुरुवातमा नै उनी आमा बन्ने तयारीमा रहेकी गर्भवती करिना लाला सिंह चड्ढाको शूटिङ्गमा ब्यस्त रहिन् ।
यो शूटिङ्ग पूरा गरेर करिना मुम्बई फर्किएकी छिन् । अभिनेत्री करिना दिदी करिश्मा कपूरका साथ समय विताइरहेकी छिन् ।
उनीहरु एकदमै आकर्षक देखिएका छन् । करिनाको गर्भवती अवस्थाका यि तस्विरहरु पहिलो पटक सार्वजनिक भएका हुन् ।
आउटफिट लगाएर करिश्मा र करीना एकसाथ देखिएका तस्विर निकै आर्कषक छन् ।
करिना दोस्रो पटक गर्भवती बनेको करिनाका पति सैफले नै सामाजिक संजाल मार्फत आफ्ना फ्यानलाई जानकारी गराएका थिए ।