नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष सम्मानित भएका छन् ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेडमा स्थापित ‘कला–गौरी स्मृति सम्मान’बाट शिरीष सम्मानित भएका हुन् ।
सहकारीको १४औँ वार्षिक साधारणसभामा आज काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले शिरीषलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
पत्रकारिता र महासङ्घको संस्थागत विकासमा योगदान पुर्याएवापत शिरीषलाई सम्मान गरिएको सहकारीका अध्यक्ष खिम कार्कीले बताउँछन् ।
शिरीष अन्नपूर्ण पोष्ट दैनिक र बागलुङबाट प्रकाशित हुने धवलागिरि जागरण दैनिकमा र आदर्श समाज डटकम कार्यरत छन्। सम्मानले कार्यक्षेत्रमा थप सक्रियताका साथ लाग्न प्रेरित गरेको शिरीषले केटिएम दैनिकलाई बताए ।