अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा भौगोलिक प्रभावको अध्ययनलाई भू–राजनीति अध्ययन भनिन्छ । अर्को शब्दमा भू–राजनीति भनेको विदेश नीति अध्ययन गर्ने विधि हो जसबाट भौगोलिक चरहरुबाट अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिहरू बुझ्न, व्याख्या गर्न र भविष्यवाणी गर्ने कामगर्न सहयोगि हुनेगर्छ । भौगोलिक चरहरु यस अन्तर्गत कुनै खास क्षेत्रको जलवायु, स्थलाकृति, जनसांख्यिकी, प्राकृतिक स्रोत र त्यसको प्रयोग सम्बन्धी विज्ञान सम्मत ढंगबाट व्याख्या र विश्लेशण गरिन्छ ।
भू–राजनीति शब्द पहिलो पटक रुडोल्फ जेलेनले सन १८८९ मा प्रयोग गरेको थिए । यो शब्दको प्रयोग गर्नुको उद्देश्य राज्यहरू र ति राज्यहरुमा उनीहरू विच भएको पारस्परिक स्थितिको भौगोलिक आयामहरूको प्रभावको बीचको सम्बन्धको अध्ययन गर्नु थियो । यसको अध्ययनका लागि धेरै ऐतिहासिक चरणहरू व्यतित हुँदै आएका थिए जस्तो कि औपनिवेशिक कालमा मध्य एशियामा बेलायती साम्राज्यवाद र रूसी जारवाद बीचको प्रतिस्पर्धा, त्यसपछि शीतयुद्धको अवधिमा अमेरिकी साम्राज्यवाद र सोभियत संघ बीचको प्रतिस्पर्धालाई लिन सकिन्छ जुन भूराजनीतिक विषयमा महत्वपूर्ण चरणहरू भनेर परिचित भएका थिए ।
भू–राजनीतिक शास्त्रका अग्रणी चिन्तकहरु मध्येमा ह्याल्फोर्ड जोन म्याकिन्डरको नाम प्रमुख रुपमा परिचित छ । उनले प्रकाशित गरेको भौगोलिक बिन्दुको इतिहास भू–राजनीतिशास्त्रको लेखनको पहिलो उदहारण हो भनेर बुझ्न सकिन्छ । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको बीचमा प्रख्यात भू–राजनीतिक विचारलाई जर्मन विचारकहरूले उनीहरूको आफ्नै शाही महत्वाकांक्षाको स्रोत बनाए जसले गर्दा यसमा खोजीको थप विचारधारामा अग्रसरता हात पर्न सकेन र फस्वरुप दोस्रो विश्व युद्धपछि यसलाई अस्वीकार गरियो । त्यसपछि शीतयुद्धको दशकमा शुरू भयो र ब्रजेन्स्की जस्ता विचारकहरूले यो सोचलाई पुनः मान्यता दिए जुन भू–राजनीतिवादका लागि पुनरुद्धारको आधार स्वरुप प्रमाणित भयो ।
विकसित शीतयुद्धका चरणरहरुले गर्दा भू–राजनीतिवादको विकासमा महत्वपूर्ण बन्दै गयो जस्तै कि क्युबा मिसाइल सन १९७२, भियतनाम युद्ध, १० वर्ष पुरानो अफगान गृहयुद्ध सन् १९७९, बर्लिन भित्ता र जर्मन एकीकरण र सोभियत संघको सबैभन्दा महत्वपूर्ण विखण्डन सन् १९४९ आदिले यसलाई पुनर ताजगी बनायो । अठाऔं शताब्दीको अन्तमा साम्राज्यवादमा भएको गुणात्मक परिवर्तनसँग पनि यसको सम्बन्धत स्थापित भयो । भारतमा बेलायतको साम्राज्यवादको सबैभन्दा ठुलो र महत्वपूर्ण अनुभव थियो जसले राजनीतिक शासनका सिमाना स्पष्ट पारिदियो र बेलायती शासन सूर्य अस्थल तिर गइरहेको अनुभव गरायो । अफ्रिकी देशहरूमा पनि यसको दूरगामी प्रभावहरू परिरहेका थिए फलस्वरुप धेरै देशहरूले साम्राज्यवादको बिरूद्ध स्वतन्त्रता प्राप्त गरे ।
भौगोलिक अवस्थाले साम्राज्यवादको बिरूद्ध लड्ने चेतनालाई असर पार्दै अफ्रिकी महाद्वीपमा भएको रंगभेदलाई उपनिवेशवादको अंश मानिदियो । दक्षिण एसियामा साम्प्रदायिकतालाई उपनिवेशवादको उपज बनाउनाले उनीहरूको महाद्वीप सम्बन्ध र अन्तर महाद्वीपीय सम्बन्ध विच साम्राज्यवाद विरुद्धको संघर्षको अनुभवबाट प्रभावित भएर त्यसबाट उन्मुक्तिका आधारहरु खोजिए ।
भू–राजनीतिको अर्को महत्त्वपूर्ण अवधारणा भनेको ग्रेट गेम अवधारणा हो । यो १८ औं शताब्दीका दुई ठूला शक्तिहरूको टक्करको चाखलाग्दो घटनाले गर्दा बेलायतको सबैभन्दा लोकप्रिय उपनिवेश भारतीय उपमहाद्वीपको रुपमा विकास भयो । रोपियन शक्तिको बीचमा नेपोलियनको नेतृत्वमा फ्रान्स चुनौतीको रूपमा देखिन्थ्यो तर त्यसको उदय दिर्घकालिन हुन सकेन । त्यसपछि रसिया महाद्वीपीय शक्तिको रूपमा देखा पर्यो र यसको औपनिवेशिक कालको एक महत्त्वपूर्ण चरण बन्यो जसले विश्वलाई दुई स्पष्ट लडाइ मैदानको रुपमा खडा गरायो । त्यतिबेलाको एउटा प्रणाली जसमा महासागरहरूले पृथ्वीका स्रोतहरू नियन्त्रण गर्नु थियो भने अर्को प्रणाली एशिया महादेशमा सर्वोच्चताका लागि नयाँ अधिकार स्थापित गर्ने तर्फ ध्यान केन्द्रित गराउनु थियो ।
भू–राजनीति शास्त्रको अर्को महत्त्वपूर्ण आयाम शीत युद्ध हो । शीत युद्धको समयमा सोभियत संघ र संयुक्त राज्य अमेरिका बीचको विचार धाराको कडा प्रतिस्पर्धा भएको भयो । कम्युनिज्म वा मार्क्सवादको विचारधाराले नयाँ देशहरूमा आफ्नो छाप छोड्यो जसको कारण यो पूँजीवादी देशहरूसँग टकराव गरायो । यो प्रतिस्पर्धा तेस्रो विश्वका देशहरूमा पनि फैलियो र उहि समयमा भू–राजनीतिको कारणले ति देशहरूलाई आफैंतिर तान्नको लागि दवाव सिर्जना गरायो । त्यसको परिणाम केहि सकारात्मक र केहि नकारात्मक पनि थियो तर केही देशहरूले यसलाई नाफाको अवसरको रूपमा हेरे । त्यसैले उनीहरूले आफ्नो आर्थिक विकासका अवसरहरूको फाइदा उठाए जबकि केहि देशहरूको विभाजन युद्ध र अशान्तिको कारण प¥र्यायवाची भयो ।
राजनीतिक अर्थशास्त्र सुरुमा राजनीति शास्त्रको एक अंगको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन । उन्नाइसौँ शताब्दीका विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हुदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्न उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ शताब्दीमा अर्थशास्त्र भन्ने प्रचलन भयो । कौटिलीय अर्थशास्त्रको कृतिलाई राजनीतिक अर्थशास्त्रको प्राचीनतम पुस्तकको रुपमा लिने गरियो ।
राजनीतिक अर्थव्यवस्था वा राज्य अर्थशास्त्रले समाजमा राजनीतिक र आर्थिक शक्तिको विभाजनको बारेमा जानकारी दिँदै शक्तिको वितरणले कसरी विकास र अन्य नीतिहरूमा प्रभाव पार्छ भनेर देखाउने गरेको कुरामा दावि गरायो । यसलाई समान अर्थमा भन्न सकिन्छ कि राजनीतिक अर्थशास्त्रले बौद्धिक निर्णयहरूको अध्ययन गर्दछ जुन राजनीतिक र आर्थिक संस्थाको सन्दर्भमा लिइने गरिएको हुन्छ । समष्टिगत आर्थिक प्रभावहरु तर्कसंगत आधारहरुको आधारमा मानिे हुँदा उत्पादन र व्यापारको अध्ययन, उनीहरूको विधि, अभ्यास, सरकारसँगको सम्बन्ध, राष्ट्रिय आय, धनको वितरणलाई आदिलाई राजनीतिक अर्थशास्त्र भनेर मानिन थालियो । राजनीतिक अर्थशास्त्र नैतिक दर्शनबाट उत्पन्न भएकाले राज्यको अर्थव्यवस्था वा राजनीतिहरूको अध्ययन गर्ने उद्देश्यले विकसित भएको कुरा स्विकार गरियो ।
अठाऔं शताब्दीको मध्यतिर जोम स्टुअर्ट मिलको राजनीतिक अर्थशास्त्रका सिद्धान्तहरू र कार्ल मार्कस्को राजनीतिक आलोचनाको कारणका साथसाथै एडम स्मिथको वेल्थ अफ नेशन्सबाट प्रभावित लामो अवधिमा अर्थशास्त्रको अनुशासन मुख्यतया राजनीतिक अर्थशास्त्रको रूपमा परिचित भयो । वास्तवमा, सामाजिक वैज्ञानिकहरू राजनीतिक कारकहरूले आर्थिक नतिजामा अपरिहार्य प्रभाव पार्ने कुरामा विश्वास गरेका थिए तर बीसौं शताब्दीमा राजनीति विज्ञान र अर्थशास्त्रको अनुशासनहरू अलग हुन गयो । नियोक्लासिकल अर्थशास्त्रको प्रभावमा अर्थशास्त्रका विधिहरू राजनीतिबाट तुलनात्मक रूपमा स्वायत्त विकसित भए । अर्थशास्त्रीहरूको जोड उपभोक्ताहरू र कम्पनीहरूमा सरकारी नियन्त्रण तथा बजार विकासको अवस्थामा आधारित थियो । एडम स्मिथले सोचे कि राजनीतिक अर्थशास्त्रको काम भनेको जनताको बाँच्ने अधिकारका लागि पर्याप्त आम्दानीको व्यवस्था गर्नु पर्छ र सरकारले यति धेरै राजस्व प्रदान गर्नु पर्दछ कि यसले सार्वजनिक उद्देश्यहरू पूरा गराउन सकोस् । कार्ल मार्कस्ले राजनीतिक अर्थशास्त्रलाई स्मिथको परिभाषाबाट बृहत्तर अर्थ दिने काममा सहयोग गरे । उनको समकालीन जेएस् मिल पूँजीवादको आलोचनामा चासो राख्दैनथे तर उनले राजनीतिक अर्थशास्त्रको मूल्य, व्यापार, पैसा, जनसंख्या, तलब, आर्थिक प्रणाली र आर्थिक नीतिमा व्याख्या गरे । मार्कस्ले बेलायती राजनीतिक अर्थशास्त्रबाट धारणा बनाउँदै आर्थिक विनिमय बराबरी भएमा मात्र दुवै पक्षले लगाएको श्रम मूल्य बराबर हुन्छ भन्ने कुरा उल्लेख गरे । जब एक तर्फ श्रम क्रेता र अर्को तर्फ श्रम विक्रेता रहन्छ तब श्रम खरिद दर कुनै पनि विनिमयमा धेरै लाभ हुन्छ र त्यस लाभको आधारमा पूँजी क्रमिक रूपमा समावेश गरिन्छ । यस्तो पूंजीले दूरगामी आर्थिक सामाजिक परिणामहरू जन्माउदै जान्छन् र त्यसको प्रभुत्वले अधीनताको सामाजिक संरचना पैदा गराउँछ ।
वास्तवमा अरस्तुले मार्क्सले आफ्नो निकोमासियाई नीतिशास्त्रमा सुझाव दिइसकेको भ्रमको समस्या उठाउँदै आधुनिक राजनीतिक अर्थशास्त्रको बीउ रोपन सफल भए । जब कि दुई व्यक्तिले कुनै पनि दुई चीजहरू साटासाट गर्छन् ती मध्ये एक राम्रो र अर्को कमसल हुन्छ, यस्तो अवस्थामा कुनै एक पक्षले अर्को भन्दा बढी फाइदा लिन सक्छ । उनको प्रश्न यो थियो कि दुबैको फाइदा कसरी समान बनाउने किनकि फाइदाहरूको असमानताले समाजलाई विषमतातिर लैजान सक्छ । त्यति वेला अरस्तुसँग यस समस्याको समाधान थिएन तर मार्कस्को युग राष्ट्रहरुको विकासको युग थियो त्यसकारण उनले निष्कर्ष निकाले कि पूँजीवादले ठूलो मात्रामा धन संचय गर्छ र एउटा बिन्दुमा पुगेपछि देशको विकासमा प्रमुख भूमिका खेल्छ । लेनिनले मार्कस्को यो धारणा विस्तार गराउँदै पूँजीवादले औपनिवेशवाद र साम्राज्यवाद मार्फत आफ्नो दिशा मोड्दै अन्तराष्ट्रिय रुपमा विस्तार गर्दछ भन्ने विषयलाई अगाडी सारे ।
समयको कालखण्ड पश्चात मार्क्स र लेनिनको विषयमा छलफल गर्दै त्यसको निचोडबाट फाइदा उठाउँदै अर्थशास्त्रीहरूले विभिन्न प्रकारका कट्टरपन्थी धारणाहरू निर्माण गर्न सफल भए । उनीहरूले राजनीति र अर्थशास्त्रलाई व्यवस्थित रूपमा मिलाएर पूँजीवादको प्रकृति र राजनीतिक दलहरूको मनसाय जाँच गरे । यस सन्दर्भमा सार्वजनिक उत्पादन, बाह्य प्रभाव र एकाधिकारलाई विश्लेषण गर्दै सरकारहरूले विभिन्न श्रोतहरूको बाँडफाड गर्ने प्रक्रियालाई पनि व्याख्या गरेका थिए ।
राजनैतिक अर्थशास्त्रको व्याख्या गर्दै वामपन्थी पक्षहरूले परोपकारी राज्यको अवधारणा निर्माण गर्नमा प्रमुख भूमिका खेले । रिचर्ड एम तीतमसले युरोपको भूमिमा परोपकारी राज्यलाई तीन मोडेलमा विभाजित गरे । जर्मनी र नेदरल्याण्ड जस्ता मुलुकहरूमा सार्वजनिक उपलब्धिहरूको राजनीति अर्थशास्त्रमा औद्योगिक उपलब्धिहरू सुधार गर्न सुल्झाईयो । संस्थागत पुनर्वितरण मोडेलमा गएका देशहरूले सार्वजनिक पक्षको राजनीति गर्दै परोपकारी राज्यलाई कल्याणकारी पूँजीवाद भनेर परिभाषित गरिदिए । थ्री वर्ल्ड्स वेल्फेयर पूँजिवाद र गेस्टा एन्डरसनले परोपकारी राज्यको पूँजीवादी जराको चरित्र चित्रण गराउने उदारवादी, रूढीवादी र सामाजिक प्रजातान्त्रिक प्रकारका मोडेलहरू हुन् भनेर छलफल चलाउन सफल भए ।
बीसौं शताब्दीको मध्यतिर भएको नव शास्त्रीय अर्थशास्त्रले राजनीतिको प्रभावबाट स्वतन्त्र आर्थिक विज्ञानको वकालत गर्यो । यस प्रवृत्तिको युगमा जोसेफ शम्पीटरको पूँजीवाद, समाजवाद र लोकतन्त्रको काम एउटै थियो जसले अर्थशास्त्रको अध्ययन राजनीतिको अध्ययनसँग जोडिएको छ भन्ने संकेत विषयलाई झन स्पष्ट पारिदियो । बजार असफलताको कारण राजनीतिक अर्थशास्त्रले दावी गरेको विगतका मागहरुलाई पुन आफ्नो दावीलाई अगाडी बढायो । यसको प्रमाण स्वरुप तीन अर्थशास्त्रीहरू लियोनिड हुरविच, एरिक मस्किन र रोजर मेयरसनले नोबेल पुरस्कार पाए । ति तीनैजनाले राजनीतिक संस्था र आर्थिक संस्थाको आफ्नै तरिकामा एकीकरण हुनुपर्ने आवश्यकतालाई मात्र जोड दिएन बरु समायोजन आवस्यकता भएको कुरा पनि उल्लेख गरे । उनले भने कि आखिर दुबै प्रकारका संस्थाहरूले आफ्नो प्रतिनिधित्व गरेको र ती दुवैको बीच एक आपसमा निर्भरता रहेकाले दुबैले सकारात्मक नतीजा प्राप्त गर्न अत्यावश्यक भूमिका खेलेको कुरालाई हवाला दिए ।
यसैकारण मेयरसनले भने कि अर्थशास्त्रलाई महत्व दिन जरुरी छ तर यसलाई राजनीतिबाट अलग गर्न सकिदैन । फलस्वरुप प्रत्येक सामाजिक संस्थामा आर्थिक तथा राजनीतिक पक्षहरुबाट विभिन्न प्रकारका प्रोत्साहनहरु उत्पादित भएका हुन्छन् भन्ने प्रमाणहरु देखिन थाल्यो ।
यसरी अर्थशास्त्र र राजनीति अर्थशास्त्र पृथकिकरणले गर्दा ज्ञान क्षेत्रको विकासमा योगदान दिएको विद्वानहरूको तर्क रहेकोछ । भू–राजनीति अर्थशास्त्र र राजनीति अर्थशास्त्रले स्वायत्त रूपमा एक अर्को अध्ययन नगरी धेरै सिद्धान्त र विचार प्रस्तुत गर्दा नयाँ विषयमा राम्रो विश्लेषणात्मक परिप्रेक्ष्यबाट व्यावहारिक रुपले अलग नगरी शुद्ध आर्थिक वा विशुद्ध राजनीतिक विज्ञानको विकासको बाटो खोज्न सकिदैन ।
अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. उत्तम खनाल अर्थराजनीतिक क्षेत्रका विष्लेशक एवं रिसर्चर समेत हुन् ।
प्रतिकृयाको लागि khanaluttam24[at]yahoo.com