अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।
कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ । सामाजिक सञ्जालमा उनको विवाहको तस्विर सार्वजनिक भएको छ । जहाँ उनी अत्यन्त प्रफुल्ल अनुहारमा देखिएकी छिन् ।
नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैवाहिक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।
यसअघि उनले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।तर बिहे गरेको एक महिना नबित्दै उनले श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् ।
श्रीकृष्णको साउन २५ गते नै निधन भएको थियो । चलचित्र कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा प्रबेश गरेकी उनी चलचित्र कान्छी निर्माण गरेर चलचित्र क्षेत्रमा क’मब्याक गरेकी थिइन् ।
विबाहको अघिल्लो दिन श्वेता खड्काले लेखेको एक मार्मिक पत्रले धेरैको मन छोएको थियो ।