वाजिद खानकी श्रीमती कमलरुखले सोशल मिडियामा वाजिदका परिवारले धर्म परिर्वतनकालागी आफुलाई दबाब दिईरहेको बताएकी छन् । जब कि उनी आफ्नो श्रीमानको निधनको चोटले अझैं स्तब्ध नै बनिरहेकी छिन् । यस्तो अवस्थामा उनलाई परिवारका सदस्यले इस्लाम धर्म कवूल गर्नकोलागि दबाब दिई रहेका छन् ।
कोरोना संक्रमणका कारण वाजिद खानको १ जून २०२० मा निधन भएको थियो । उनको निधनपश्चात वाजिदकी श्रीमती कमलरुखलाई धेरै तनावपुर्ण अवस्थाको समना गरिरहनु परेको छ । उनलाई आर्थिक त छंदैछ साथै वाजिदको परिवारबाट अब धर्म परिवर्तन गर्नु पर्छ भन्दै मानसिक तनाव पनि आईलागेको छ । वाजिदका परिवारले जबरजस्ति आफुलाई इस्लाम धर्म परिर्वतनकालागी बल गरेको कमलरुखले आ’रो’प लगाएकी छन् ।