चर्चित बलिउड हस्तिहरु हेमा मालिनी र धर्मेन्द्रको घरमा फेरि खुशीको समय आएको छ । हेमा मालिनीकी छोरी अहाना देओल आमा बनेकी छिन् । सबैभन्दा खुशीको कुरा यो छ कि अहानाले जुम्ल्याहा छोरीहरूलाई जन्म दिइन् । अहाना आफैंले यो राम्रो समाचार सामाजिक सञ्जालमा साझा गरेकी छन् ।
अहानाले एक बधाई साझा गरिन्, जसमा उनले हेमा मालिनी र धर्मेन्द्र हजुरबा हजुरआमाका रूपमा सम्बोधन गरिएको छ । अहानाले इन्स्टा स्टोरीमा एउटा बधाई कार्ड जारी गरेकी हुन् । यसमा उनले लेखेकी छिन्, ‘कहिलेकाँही चमत्कारहरू जोडीमा हुन्छन् । हामी यो सूचना दिँदा खुसी छौं कि दुई छोरीहरू एस्ट्रिया र आडिया बोहरा घरमा आएका छन् । २६ नोभेम्बर २०२० मा जन्म भयो ।’