भारतिय टेलिभिजन डान्स इन्डिया डान्स बाट चर्चामा आएकी तेरिया फौजा मगरले कुर्था सुरवाल लगाएका केही तस्विरहरु शेयर गरेकी छिन् ।
सामाजिक संजाल इन्स्टाग्राममा २ लाख ४७ हजार भन्दा बढी फ्यान कमाएकी तेरियाले बेलाबेलामा तस्विर र भिडियोहरु पोष्ट गरिरहेकी हुन्छन् ।
आफ्नो बुवाको जन्मदिनको अवसर उनले बुवासँग एक तस्विर पनि शेयर गरेकी छिन् ।
रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।
कहिलेकाहीँ इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी पनि गर्छिन् । इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् ।
क्युट तेरिकाका केही तस्विरहरु
तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो ।
नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।
उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।
उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।