कोरोना संक्रमित भएर लामो समय अस्पताल बसेका हाँस्य कलाकार मनोज गजुरेल आफ्नो नयाँ तस्विर सार्वजनिक गरेका छन् । सार्वजनिक भएका तस्विरमा उनको अनुहारमा खुशी देख्न सकिन्छ ।
उनी तिहारको अघिल्लो दिन अस्पतालवाट डिस्चार्ज भएका थिए ।
कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आएपछि उनी सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका थिए ।
हाल घर फर्किएपछि पहिलो तस्बिर सार्वजनिक गर्दै कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत आफू आराम रहेको जानकारी गराएका छन् ।
स्टाटससहित तस्विर राख्दै उनले आफू पूर्ण स्वस्थ रहेको जानकारी गराएका हुन् ।
आराम छु, आराम चाहान्छु । तपाईंहरुको शुभकामना र सद्भावकाे कारण आजको मेरो स्वास्थ्य यस्तो छ ?सबैलाई धन्यबाद । सधैंलाई धन्यबाद ?
Posted by Manoj Gajurel on Saturday, November 21, 2020
कोभिडका कारण आइसियुमा पुगेर १९ दिनको अस्पताल बसाई पछि घर फर्किएका गजुरेलले सबैको सद्भाव र शुभकामनाका कारण आफू स्वस्थ भएको भनेका छन् ।उनले लेखेका छन् ‘आराम छु, आराम चाहान्छु । तपाईंहरुको शुभकामना र सद्भावको कारण आजको मेरो स्वास्थ्य यस्तो छ । सबैलाई धन्यबाद । सधैंलाई धन्यबाद ।’