भारतकी चर्चित कमेडियन भारती सिंहको गिरफ्तारको एक दिनपछि नार्को’टिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले उनको पति हर्ष लिम्बाचियालाई पनि गिर’फ्तार गरेको छ ।
(एनसीबी)ले पहिला भारती र पछि उनका पछि हर्ष लिम्बचियालाई पक्राउ गरेको एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले पुष्टि गरेका छन् ।
भारती र हर्षको घरमा छापा मार्दा गाँ’जा बरामद भएको थियो । बयानका क्रममा दुवै जनाले गाँ’जा सेवन गर्ने गरेको स्वीकार गरेका छन् ।
एनसीबीका अधिकारीहरू भन्छन्, ‘भारती सिंह र उनका पतिमाथि लागुऔ-षध सेवन गर्ने गरेको आ रोप छ।’
एनसीबीले उनीहरुले कहाँबाट गाँ’जा लिएको भन्ने कुराको पनि पत्ता लागेको जनाएको छ ।
अनुसन्धानकै क्रममा रहेकाले थप तथ्य सार्वजनिक नगरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरूलाई मेडिकल टेस्टपछि अदालतमा पेश गरिने छ। उनीहरुविरुद्ध मादक पदार्थ र ड्र-ग्स र साइको-ट्रपिक पदार्थहरु अन्तर्गत मु-द्दा दर्ता गरिएको छ।