टेलिभिजनकी चर्चित नायीका लीना आर्चायको गएराति निधन भएको छ ।
डेढ वर्षदेखि मृगौंला रोगबाट पीडित नायिकाकी आमाले मृगौंला दान गरेतापनि उनलाई बचाउन नसकेको अस्पतालले जनाएको छ ।
एवीपीमा प्रकाशित समाचार अनुसार लीनालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो ।
समाचारमा जनाइए अनुसार शनिबार उनको मृगौला सम्बन्धी समस्याका कारण मृत्यु भएको हो । लीनाको निधनको खबर सुनेपछि फिल्म उद्योगमा शोकको लहर छाएको छ ।
My last conversation with Leena Acharya…..May your soul Rest in Power @leenaacharya2 An amazing actress a hustler, one who would apply and go regularly to every audition I would share with her. A beautiful soul. #RIPLeenaAcharya #Actress pic.twitter.com/WIRTxkGKEm
— Abhishek Bhalerao (@mumbaiactor_) November 21, 2020
‘हिचकी, गन्दीबात, आपके आजाने से और मेरी हानिकारक बीवी’ जस्ता फिल्म र वेब सीरीजमा उनी देखा परेकी थिइन् ।
चर्चित अभिनेता रोहन मेहराले उनको इन्स्टाग्राम स्टोरीमा लीनासँग उनको तस्वीर शेयर गरेका छन् ।
रोहनले लेखे, ‘तपाईको आत्मा शान्तिमा रहोस्, लीना म्याम, गत वर्ष, हामी यस समयमा सँगै २०२० को शूटिङ्ग गर्दै थियौं । तपाईंको धेरै याद आयो ।’