सुशान्त सिंह राजपुतको निधनको चार महिना पुरा भइसकेको छ । तर उनीसँग सम्बन्धित घटनाहरु बाहिर आउन छाडेको छैन ।
उनको निधनसँगै बलिउडमा ठूलो झड्का नै लागेको छ । बलिउडमा नेपोटिजमदेखि ड्ग्सका कुराहरुसमेत बाहिर आए । शाहरुख खान,करण जोहर,बिक्की कौशल, दिपिका पादुकोण, सारा अलि खान राकुल प्रीतजस्ता दर्जनौं स्टारहरु ड्रग्स मामिलामा मुछिए ।
सोमबार मात्र अर्जुन रामपालको घरमा प्रहरीले छापा मारेरको खबर बाहिर आएको थियो । ड्राइभ फिल्ममा सँगै काम गरेकी सपना पव्वी ३ दिन देखि बेपत्ता भएको खबर बाहिर आएको छ । ड्रग्स मामिलामा उनको नाम मुछिएपछि उनी बेपत्ता भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
उनको मोबाईल पनि अफ रहेको र उनका नजिकका साथीहरुलाई पनि उनको बारेमा थाहा नभएको बताएका छन् ।