विगत २४ घण्टामा नेपालभरि थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ तीमध्ये झन्डै १ लाख ४४ हजार ९७८ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा १ हजार ३४ जनाको कोरोनाभाइरसको कारणले ज्यान गुमेको छ ।
मङ्गलवार कोरोनाभाइरस बाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको थियो ।
पछिल्लो २४ घन्टामा ३ हजार ८४४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।