शनिबार नेपालमा २ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर ९ हजार २७९ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ३५७ गरी देशभर २ हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ ।
गत २४ घन्टामा २ हजार २६४ जना कोरोनामुक्त भएका छन् भने १७ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ भने १ लाख १ लाख ३१ हजार २२२ जना कोरोनामुक्त भएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ वेव पोर्टलमा जनाइएको छ ।