विराटनगरको नोवेल हस्पिटलमा उपचार खर्च व्यहोर्न नसकेर केही दिन अघि गाउँमै फर्काइएका गौरीगञ्ज–६ खजुरगाछीका एक वयोवृद्ध संक्रमितको धरानमा आज मृत्यु भएको छ ।
नोवेलबाट गाउँ फर्काइएका ७१ वर्षीय पुरुष संक्रमितलाई श्वासप्रश्वासमा गाह्रो भएपछि वीपी कोइराला कोभिड अस्पताल लगिएको थियो । उतै आज विहान मृत्यु भएको हो ।
दम र मुटु सम्बन्धी समस्या भएका वृद्धको गत कार्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
कोरोना पोजिटिभ देखिएका उनलार्ई सुरुमा विराटनगरस्थित नोवेल अस्पताल लगिएको थियो ।
त्यहाँ खर्चिलो उपचार भएपछि चार दिन राखेर गौरीगञ्ज कोभिड अस्पतालमै ल्याएर राखिएको थियो ।
स्वास्थ्य अवस्था नाजुक बनेपछि कार्तिक ७ गते थप उपचारका लागि धरान लगिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अवस्थामा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।