काठमाडौं । बलिउडका टप स्टारहरु फिल्ममा काम गर्नका लागि निकै मोटो रकमको पारिश्रमिक लिन्छन् । यद्यपि यी स्टार्सको पहिलो कमाई यती कम थियो कि, उनीहरुको यो पारिश्रमिकको अनुपात सुन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ ।
बलिउडका खेलाडी नम्बर एक अक्षय कुमार फिल्म उद्योगमा आउनु अघि बैंककको एक रेष्टुरेन्टमा सेफ थिए । समाचार अनुसार त्यो समयमा उनले मासिक १५ सय तलबमा काम गर्थे । यिनै अक्षय अहिले बलिउडको सबैभन्दा बढी कमाई स्टारको लिष्टमा छन् ।
बलिउडका किंग खान अर्थात शाहरुख खानको पहिलो कमाई ५० रुपैंयाँ थियो । शाहरुखले यो पारिश्रमिक गजल गायक कज उदासको कन्सर्टमा काम गर्दा पाएका थिए । यो पारिश्रमिक पाएपछि शाहरुख खान ताजमहल हेर्न आगरा पुगेका थिए ।
बलिउडसहित हलिउडका कैयौं फिल्ममा अभिनय गरेकी अभिनेत्री प्रियंका चोपडाको पहिलो कमाई पाँच हजार रुपैंयाँ थियो । उनले आफ्नो पहिलो कमाईको चेक आमालाई दिएकी थिइन् । भनिन्छ, आज पनि यो चेक आमाले सम्हालेर राखेकी छन् ।
बलिउडका मिस्टर परफेक्शनिस्टका रुपमा परिचित अभिनेता आमिर खानले आफ्नो करियरको शुरुवात एक सहायका निर्देशकका रुपमा गरेका थिए । उनको पहिलो पारिश्रमिक १ हजार रुपैंयाँ थियो । आमिरले पनि आफ्नो पहिलो पारिश्रमिक आमालाई दिएका थिए ।
शताब्दीका महानायक भनेर चिनिते अमिताभ बच्चन बलिउडमा आउनु अघि कलकत्ताका एक सिपिङ कम्पनीमा काम गर्थे । त्यो समयमा उनको पारिश्रमिक पाँच सय रुपैंयाँमात्र थियो ।