सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको हो ।
अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो ।
यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
१० संक्रमित थप
यहाँ आज एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।
यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १२९ घर फर्केका छन् ।
होम आईसोलेसनमा वृद्धाको मृत्यु
चितवनमा जिल्लामा होम आईसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं. १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो ।
ईलाका प्रहरी कार्यालय टाँडीका अनुसार असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आईसोलेसनमा बस्दै आएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो ।