धरानमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ उच्च दरमा वृद्धि भइरहेको छ ।
मंगलरबार धरानमा थप १९७ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती र आज बिहान आएको पिसिआर रिपोर्ट अनुसार १९७ जनालाई संक्रमण पुष्टि भएको छ ।
यो रिपोर्ट एन्फा एकेडेमी क्वारेन्टनाइनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब परिक्षणको आएको हो ।
योसँगै धरानमा कुल संक्रमितहरुको संख्या १ हजार ३ सय ७९ पुगेको पनि मेहताले जानकारी दिए ।