जुम्ला प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई सोमबार कोरोना पोजेटिभ पुष्टि भएको हो ।
कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको काफ्ले स्वयंले बताएका छन् ।
काफ्ले अहिले आफ्नै क्वाटरमा होम आइसोलेसनमा बसेका छन् ।
काफ्लेलाई केही दिनअघि देखि रुघा र ज्वराले सताएको थियो । भदौ १८ गते जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमित भएका थिए, सिडियो थापा अहिले कोरोनाबाट मुक्त भएर सार्वजनिक कार्यक्रमहरुमा देखा पर्न थालेका छन् ।