भारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ ।
आउँदो १५ अगस्तपछि फिल्म हल पनि खोलिने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खबरले फिल्मकर्मीले उत्साहित बनेका छन् ।
लामो समयदेखि बन्द रहेको कोरोना भाइरसका कारण बलिउडले अरर्बौं रुपैयाँ घाटा बेहोरेको छ । भारतमा संक्रमितको दर एसियामै सबैभन्दा बढी छ ।
पछिल्ला विवरणहरु अनुसार भारतमा संक्रमितको संख्या ७० लाखभन्दा बढी छ । यसैबीच विवेक ओवरायको फिल्म ‘पीएम नरेन्द्र मोदी’ १५ अक्टोबरदेखि हलमा पुनः रिलिज गरिने भएको छ ।
आइतबारसम्म भारतमा संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अमेरिकामा भन्दा भारतमा संक्रमितको संख्या ९ लाख कम छ ।