थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच जना शिशु जन्माएकी छन्।
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले शल्यक्रियाबाट पाँच शिशु जन्माएकी हुन्।
तर दूर्भाग्य नै भन्नुपर्छ पाँचमध्ये एक जना शिशुको भने शल्यक्रियाअगावै मृ-त्यु भएको छ।
शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकको गर्भमै मृ-त्यु भएको र अन्य चार जना सकुशल रहेको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्रले बताइन् । ४ शिशुलाई एनआइसीयुमा निगरानीमा राखिएको छ।
मिश्रका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।
“आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”
डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् ।
जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्रोको ८०० ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ ।
डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।
यसअगाडी ५ वटा सन्तान जन्मेको बारेमा खासै समाचार नआएपनि तिम्लिया र ४ सन्तान धेरै जन्मेका छन् ।
असोज ४ गते झापाको मेचीनगर-९ की निर्मला विष्ट रिजाल विर्तामोडस्थित मनमोहन अस्पतालमा तिम्लिया सन्तानको रुपमा जन्म दिएकी थिइन् । शल्यक्रियामार्फत उनले २ छोरा र एक छोरीको जन्म दिएकी थिइन् ।
भदौ ११ गते काठमाडौंमा एक महिलाले तीनवटा सन्तानको जन्म दिएकी थिइन् ।
भदौं १७ गते जनकपुरमा २२ वर्षिया युवतीले चम्ल्याहा सन्तानको जन्म दिएकी थिइन् । तर दुर्भाग्य नै भन्नुपर्छ ४ सन्तानको जन्म दिएकी धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले आफ्नो प्राण त्यागिन् ।
गत बैशाख १० गते वीरगञ्जको एक अस्पतालमा २० वर्षिया युवतीले ४ सन्तानको जन्म दिएकी थिइन् ।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी थिइन् ।
त्यस्तै ८ असोज २०७६ मा काठमाडौं मेडिकल कलेजमा धनगढीका पदमबहादुर शाहीकी श्रीमती खगित्रा शाहीले एकैसाथ चार सन्तानको जन्म दिएकी थिइन् । एक छोरी र तीन छोरा पालैपालो शल्यक्रिया गरेर निकालिएको थियो ।
प्रदेश ५ को प्रदेशसभामा पाखुरा सुर्किदै टेबल र कुर्सी फुटाइयो पूरा भिडियो