भारतका प्रख्यात गीतकार अभिलाषले लामो समयको अस्वस्थता पछि आइतबार मुम्बईमा संसार छाडे । उनी फोक्सोको क्यान्सरसँग जुधिरहेका थिए नै विगत १० महिनादेखि आर्थिक संकटमा पनि थिए । उनलाई दर्शक तथा श्रोताले ‘इतनी शक्ति हमें देना दाता’ गीतबाट चिन्छन् ।
त्यसो त अभिलाष भन्दा अघि पनि धेरै कलाकारहरुले आर्थिक रुपले कंगाल भएरै जीवन त्यागे । एक समय यी कलाकारको नाम र दाम दुबै थियो । तर मृत्युको समयमा उनीहरु आर्थिक रुपमा विपन्न बने ।
कैलालीको घोडाघोडीमा वडा कार्यालयको भवन उद्धाटनमा विबाद ! सिलालेखमा उप-मेयर थापा द्धारा ढुङ्गा प्रहार गर्दै नगर सरकार बिरुद्ध नै नाराबाजी !!
अभिनेता महेश आनन्दले फिल्म ‘शहंशाह’, ‘मजबूर’, ‘स्वर्ग’, ‘थानेदार’, ‘विश्वात्मा’, ‘गुमराह’, ‘खुद्दार’, ‘बेताज बादशाह’, ‘विजेता’ र ‘कुरुक्षेत्र’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी सन् २०१९ को फेब्रुअरी ९ मा आफ्नो घरमा मृत भेटिएका थिए । महेशलाई लामो समयदेखि कुनै पनि फिल्मबाट काम मिलिरहेको थिएन । त्यही कारण उनी डिप्रे सनमा थिए । आर्थिक संकटकै कारण उनी एक्लै बस्दथे ।
‘पाकिजा’ जस्तो फिल्ममा अभिनय गरेकी गीता कपूरको निधन सन् २०१८ मे २६ मा भएको थियो । गीताको अन्तिम समय निकै कष्टकर बितेको थियो । उनका सन्तानले पनि उनको हेरचाह गरेका थिएनन । गीताको कोरियोग्राफर छोरा उनलाई अस्पतालमा छोडेर भागेका थिए । अशोक पण्डित र अन्य बलिउड अभिनेताहरुले गीताको उपचार खर्च उठाइरहेका थिए ।
सन् १९६७ मा रिलिज सुनिल दत्त स्टारर फिल्म ‘हमराज’बाट बलिउडमा डेब्यू गरेकी विमी रातारात स्टार बनिन् । फिल्मको गीत हिट भए । फिल्मको सफलताले विमीलाई करिब १० वटा फिल्ममा काम गर्ने मौका मिल्यो । तर मदिराको लत, बढ्दो ऋण र खराब पारिवारिक जीवनले विमीको करियरलाई बिगार्यो । स्टार बनेको १० वर्ष पछि उनको मृत्यु भयो । भनिन्छ, उनको श वलाई एक चियावालाको ठेलामा राखेर आर्यघाट पुर्याइएको थियो ।
हिन्दी फिल्म जगतमा रहीम चाचाका नामले परिचित अभिनेता ए के हंगलको सन् २०१२ अगष्ट २६ मा निधन भयो । उनी यस्ता अभिनेता हुन्, जसले ५० वर्षको उमेरमा बलिउडमा डेब्यू गरेका थिए । उनले ७० देखि ९० दशकको अधिकांश फिल्ममा पिता या अभिनेता अभिनेत्रीको नजिकको आफन्तको भूमिकामा अभिनय गरे । उनी घरमा मृत भेटिएका थिए । उनले जीवनका अन्तिम क्षण यति कष्टपूर्ण थियो कि उनी एक क्षतविक्षत घरमा बस्दथे । उनको छोराले पिताको उपचार गर्न खर्च अभाव भएको बताएपछि अमिताभ बच्चनले २० लाख रुपैंयाँ दिएका थिए ।
प्रख्यात अभिनेता भारत भूषणले आफ्नो करियरमा ‘कालिदास’, ‘तानसेन’, ‘कबीर’, ‘बैजू बावरा’ र ‘मिर्जा गालिब’ जस्ता एकसे एक हिट फिल्ममा अभिनय गरे । तर जीवनका अन्तिम क्षण भने उनका लागि पीडादायी नै रह्यो । उनको सन् १९९२ जनवरी २७ मा निधन भयो । भारतले आफ्नो दाजुको भनाईलाई अनुसार गर्दै ‘वसन्त बहार’ र ‘बरसात की रात’ जस्ता फिल्म बनाएर रातारात पैसा कमाए । उनका भाई रमेशले फिल्म बनाउन उक्साएपछि भाइको भनाईलाई माने पनि उनले बनाएका सबै फिल्म फ्लप भए । उनी ऋणमा डुबे र जसोतसो तिरे । उनले जति कमाएका थिए, सबै ऋण तिरेरै सके । उनको घर, गाडी सबै बिक्री भए । सबै बेच्दा पनि दुःखी नभएका उनले एकदिन घरको पुस्तकालयको पुस्तक रद्दीको भाउमा बेच्नुपर्दा उनी विक्षिप्त भए ।
अभिनेता तथा निर्देशक भगवान दादा फिल्म ‘अलबेला’को गीत ‘शोला जो भड्के’का लागि निकै लोकप्रिय भए । सन् १९१९ मा एक टेक्सटाइल मिल मजदुरको परिवारमा जन्मिएका भगवानलाई शुरुदेखि नै अभिनयको भोक थियो । उनले फिल्म ‘क्रिमिनल’बाट बलिउडमा पाइला चाले । कुनै समयमा बलिउडका महानायक अमिताभ बच्चनलगायका स्टारहरुसँग अभिनय गरिसकेका यी अभिनेताको करियर एकपटक झरेपछि कहिल्यै चढ्न सकेन । आर्थिक समस्याबाट मुक्ति पाउन उनले सानो भूमिकादेखि लिएर हरेक भूमिकामा अभिनय गरे । एकसमय उनको जुहुबीच अगाडि २५ कोठे बंगला थियो । उनीसँग सात गाडी थिए । तर आर्थिक संकट परेपछि उनले सबै बेचेर दुई कोठा लिएर बस्न थाले । उनको निधन सन् २००२ फेब्रुअरी ४ मा भयो ।
ओपी नयरले संगीतको माध्यमबाट बलिउडलाई एकपछि अर्को हिट गीत दिए । उनको जन्म लाहोरमा भएको थियो । उनले आफ्नो करियरको शुरुवात फिल्म ‘कनीज’बाट गरे । उनले फिल्मको पाश्र्वसंगीत दिए । उनले संगीतकारका रुपमा फिल्म ‘आसमान’बाट करियर शुरु गरे । उनलाई कसैले अन्तरवार्ताको लागि प्रस्ताव गर्दा उनी मदिरा र पैसा माग्ने गर्दथे । उनको सन् २००७ मा निधन भयो ।
फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा सिमरन अर्थात काजोलको हजुरआमाको भूमिकामा अभिनय गर्ने अचला सचदेवको जन्म सन् १९२० मा पेशावारमा भएको थियो । सन् २०१२ मा उनको एक्लोपनका कारण अस्पतालमा निधन भयो । सन् २००२ मा उनका पति क्लिफर्ड डगलस पीटर्सको निधन भएको थियो । पतिको निधनपछि उनी पूणेमा पुना क्लबसँगै कोणार्क एस्टेट अपार्टमेन्टको दुई कोठे फ्ल्याटमा एक्लै बस्थिइन् ।
अन्तरा मालीका पिता र प्रख्यात फोटोग्राफर जगदीश माली जीवनका अन्तिम समयमा मुम्बईको सडकमा भीख माग्दथे । उनलाई मिंक बरार नामको मोडलले चिनिन्, उनले खाना खुवाइन् र सलमान खानको गाडीबाट घर पुर्याइन् ।