काठमाडौ । भारतिय टिभि सिरियल ‘एक हजारोमे मेरी बेहेना हे’ बाट चर्चामा आएकी अभिनेत्री निया शर्माले रियालिटी शो ‘बिगबोस’मा भाग नलिने भएकी छिन् । एक्शन रियालिटी शो ‘खतरों के खिलाड़ी-मेड इन इंडिया’ को बिजेता बनेकी नियाले बिगबोसमा भाग नलिने भएपछि उनका फ्यान निरास भएका छन् ।
भारतिय मिडयाका अनुसार उनले आफुले भाग लिने नलिने बारे अझै केहि खुलाएकी छैनन केहि समय पहलिा उनले रियालिटी शो ‘बिगबोस’मा भाग लिने खबरले शोको टिआरपी निकै बढेको थियो ।
तर हालै भने उनले सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै बिगबोसमा जाने नजाने निर्णय आफुमा मात्रै सिमित भएको भन्दै आपत्ति जनाएकी छिन् । एसियाकै तेस्रो सबैभन्दा से क्सी महिलाको खिताब पाईसकेकी निया सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहदै आएकी छिन् ।